विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

Date:

Share post:

पूर्वप्रधानमन्त्री देउवा परिवारसहित सिंगापुर हुँदै हङकङ पुगेका छन् । सीआईबी प्रमुख भन्छन् – आवश्यक परे कूटनीतिक र इन्टरपोल संयन्त्रको सहयोग लिन्छौँ ।

जेन-जी आन्दोलनमा सांघातिक आक्रमणमा परेका तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा गत असोज २८ मा सिंगापुरबाट फर्किएपछि पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन जाँदै । फाइल तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुरRead In English

What you should know

  • सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका परिवारका सदस्यहरू हाल विदेशमा भए पनि अनुसन्धान कानुनी प्रक्रिया अनुसार निरन्तर अघि बढ्ने सीआईबीले जनाएको छ।
  • अनुसन्धानमा संलग्न व्यक्तिहरू उपस्थित नभएमा कूटनीतिक, इन्टरपोललगायत संयन्त्रको सहयोग लिने र आवश्यक परे रेड नोटिस जारी गरेर ल्याउने प्रक्रिया अपनाइने बताइएको छ।
  • सरकारले २०४८ यता सार्वजनिक पदमा बसेका नेता तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिनलाई प्राथमिकतामा राखेको छ भने देउवा दम्पती स्वास्थ्य उपचारका लागि विदेश गएको परिवार र पार्टीले स्पष्ट पारेका छन्।

काठमाडौँ — सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा तानिएका शीर्ष नेतामध्ये पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सपरिवार विदेशमा छन् । शंका गरिएको व्यक्ति विदेशमा भए पनि अनुसन्धान नरोकिने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

देउवाका स्वकीय सचिवसमेत रहेका भतिज भानु देउवाका अनुसार पूर्वप्रधानमन्त्री देउवा, पत्नी पूर्वमन्त्री आरजु राणा देउवा दुवै हङकङमा छन् । उनीहरू सिंगापुर हुँदै हङकङ पुगेका हुन् । ‘उहाँहरू उपचारका क्रममा हङकङमा हुनुहुन्छ,’ भानुले कान्तिपुरसँग भने, ‘पूर्वप्रधानमन्त्रीको बिहीबार फलोअप छ, पूर्वमन्त्री पनि दुवै घुँडाको शल्यक्रिया गर्नुपर्ने भएकाले उतै हुनुहुन्छ ।’ देउवा दम्पतीका छोरा जयवीर पनि विदेशमा छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पतीसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा पूर्वमन्त्री दीपक खड्कामाथि पनि अनुसन्धान गरिरहेको छ । खड्का अनुसन्धानकै लागि आइतबार पक्राउ परेका छन् ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धान पछिल्लो समय विभागले सीआईबीको सहयोगमा गरिरहेको छ । सीआईबी प्रमुख एआईजी मनोज केसीले अनुसन्धान अवधिभर आरोपित व्यक्ति उपस्थित नभए वा पक्राउ नपरे कानुन र यसअघि अपनाइएका विधि एवं प्रक्रियाअनुसार अघि बढ्ने बताए । ‘अनुसन्धानमा रहेको व्यक्तिलाई पक्राउ गर्नैपर्ने अवस्थामा फेला नपरे कूटनीतिक र इन्टरपोललगायत संयन्त्रको सहयोग लिन्छौं, अहिले भइरहेको अनुसन्धानमा पनि त्यही हुन्छ,’ उनले भने ।

ads/samsung-s26-desk-2032026113308.jpg

पूर्वप्रधानमन्त्री देउवा, ओली र दाहालविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तीव्रता

पूर्वप्रधानमन्त्री देउवा, ओली र दाहालविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तीव्रता

२४ भदौमा प्रदर्शनकारीले देउवा दम्पतीमाथि हातपात पनि गरेका थिए । त्यो दिन उनीहरूलाई सेनाले उद्धार गरी अस्पताल पुर्‍याएको थियो । केही साता अस्पतालमा बसेका देउवा दम्पतीले ३ असोजमा नयाँ राहदानी बनाएका थिए । निवासमा आक्रमण हुँदा देउवा प्रतिनिधिसभा सदस्यका रूपमा सार्वजनिक ओहदामा थिए भने आरजु परराष्ट्रमन्त्री थिइन् । दुवैका नाममा २०७९ मै कूटनीतिक राहदानी जारी भएको थियो । दुवैको कूटनीतिक राहदानी जलेको बताइएको थियो ।

How is the investigation into the money laundering of the Deuba family abroad carried out?

गत भदौ २४ मा आगजनी गरिएको बुढानिलकण्ठस्थित देउवा निवास । फाइल तस्बिर

नयाँ साधारण राहदानी बनाएलगत्तै उनीहरूले थाइल्यान्डको भिसा लिएका थिए । तर १० कात्तिकमा उपचारका लागि भन्दै उनीहरू सिंगापुर गए । उनीहरू २८ कात्तिकमा फर्किएकामा १३ फागुनमा देउवा पुनः सिंगापुर उडेका थिए । आरजु भने व्यक्तिगत कारण देखाएर २१ पुसमा त्रिभुवन विमानस्थल हुँदै भारतको दिल्ली गएकी थिइन् । त्यतैबाट उनी सिंगापुर पुगेकी हुन् ।

ads/multiple-banner-1-d-1022026052847.jpg
ads/multiple-banner-2-d-1022026052940.jpg
ads/multiple-banner-3-d-1022026053028.jpg

जयवीर १७ भदौमा नेपालबाट थाइल्यान्ड गएका थिए । दुई दिनपछि १४ भदौमा उनी थाइल्यान्डबाट काठमाडौं फर्केको देखिन्छ । त्यसअघि पनि जयवीरको नेपाल–थाइल्यान्ड यात्रा पटक–पटक भएको देखिन्छ । जयवीर ७ साउनमा काठमाडौंबाट थाइल्यान्ड पुगेर २२ साउनमा फिर्ता भएका थिए । अहिले उनी हङकङमा रहेको निकटस्थको भनाइ छ । अध्यागमनको अभिलेखमा भने उनी नेपालबाट हङकङ गएको देखिँदैन ।

देउवाका भतिज प्रकाशबहादुर देउवा र आरजुका भाइ भूषण राणा पनि विदेशमै छन् । प्रकाश सुदूरपश्चिम प्रदेशसभाका सदस्य हुन् । उनी भदौ अन्तिम साता स्थलमार्गबाट भारत पुगेका थिए । त्यहींबाट उनी अमेरिका पुगिसकेको निकटस्थको भनाइ छ । प्रकाश दिल्लीबाट नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ४ साउनमा अन्तिम पटक काठमाडौं आएको देखिन्छ । त्यसयता उनको विमानस्थलबाट कुनै पनि आवागमन भएको देखिँदैन ।

प्रदेशसभाको अभिलेखअनुसार प्रकाश अन्तिम पटक १५ साउनमा हाजिर भएको देखिन्छ । प्रदेशसभाले निरन्तर ६ महिनाभन्दा बढी अनुपस्थित रहेपछि १ फागुनदेखि लागू हुने गरी सांसदको हैसियतमा पाउने सबै किसिमका सेवासुविधा पनि रोक्का गरिसकेको छ ।

भूषण जेन–जी आन्दोलनअघि नै विदेश गएका हुन् । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा उनी पनि तानिएका छन् । विभागले १२ असोजमा भूषणको जावलाखेलस्थित निवासमा छापा मारेर केही उपकरण तथा कागजात नियन्त्रणमा लिएको थियो । त्यसको केही दिनमै भूषण र देउवाका अरू नातेदारका घरमा पनि विभागले छापा मारेर कागजात लिएको थियो । यसलाई गोप्य राखिएको छ ।

ads/1440x233px-dew-aston-0432026041034.png

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा, दाहाल र खड्काको निवासमा जलेका नोटका टुक्रा र खरानीको नमुना संकलन गरेर गत असोजमै अनुसन्धान अघि बढाएको थियो । प्रदर्शनकारीले पूर्वप्रधानमन्त्री ओलीको बालकोटस्थित निवास जलाएका थिए तर त्यहाँ जलेको नोट भेटिएको थिएन । प्रारम्भिक छानबिन सकिएपछि विभागले सीआईबीको सहयोगमा तीन पूर्वप्रधानमन्त्री, दुई पूर्वमन्त्री र तिनका आफन्त तथा नातेदारमाथि विस्तृत अनुसन्धान अघि बढाएको हो । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिएका पूर्वप्रधानमन्त्री ओली २३ भदौको आन्दोलन दमनसम्बन्धी अनुसन्धानमा शनिबार पक्राउ परिसकेका छन् ।

विभागका पूर्वमहानिर्देशकसमेत रहेका अवकाशप्राप्त प्रशासक रूपनारायण भट्टराईका अनुसार अनुसन्धानमा तानिएका व्यक्ति विदेश भए पनि विगतदेखि अपनाइँदै आएका विधि, पद्धति र प्रक्रियाअनुसार नै अनुसन्धान र अभियोजन हुन्छ । सम्पत्ति शुद्धीकरणको अनुसन्धान अरू जस्तो सहज होइन, यसमा कुन कसुर भयो र त्यसरी गरिएको कसुरबाट कसरी शुद्धीकरण भयो भन्ने विषय महत्त्वपूर्ण हुने उनी बताउँछन् ।

‘अहिले पनि विभिन्न विषय बाहिर आएका छन्, यसमा कुन कसुर गरेर शुद्धीकरण भयो भन्ने विषय स्थापित हुनुपर्छ, त्यस्तो देखिएको अवस्थामा अनुसन्धान गर्दा आरोपित व्यक्ति विदेश पुगेको रहेछ र सम्पर्क स्थापित भयो भने अनुसन्धानकर्ताले आउन औपचारिक रूपमा अनुरोध गर्नुपर्छ,’ उनी भन्छन्, ‘त्यसबाट पनि भएन भने सार्वजनिक सूचना जारी गरेर वा यसले पनि पुगेन भने इन्टरपोलमार्फत रेड नोटिस जारी गरेर पनि आरोपितलाई ल्याउन सकिन्छ ।’ अर्कातर्फ सम्बन्धित मुलुकले पनि आरोपितलाई नेपाल पठाउन तयार हुनुपर्ने र त्यो कूटनीतिक क्षमतामा निर्भर रहने भट्टराईको भनाइ छ ।

ads/hardik-niskula-opd1440270-2-3032026094036.jpg

पूर्वप्रधानमन्त्री देउवा कांग्रेस सभापति भएको बेलाका पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले देउवा दम्पती उपचारका क्रममा रहेकाले चिकित्सकहरूको रायअनुसार कहिले आउने टुंगो लाग्ने बताए । ‘उहाँहरू दुवैको उपचार जहिले सकिन्छ, तहिले आउनुहुन्छ, उहाँहरू नितान्त स्वास्थ्य उपचारका लागि विदेश जानुभएको हो,’ उनले भने ।

रास्वपा वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि सरकारले पूर्वउच्च पदस्थ पदाधिकारी तथा कर्मचारीको सम्पत्ति छानबिनलाई प्राथमिकतासाथ उठाएको छ । मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको सय कार्यसूचीमा २०४८ यता सार्वजनिक पदमा बसेका नेता र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने भनिएको छ । त्यसका लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने घोषणा सरकारले गरेको छ ।

२०४८ मा गृहमन्त्री बनेका शेरबहादुर देउवा २०५२, २०५८, २०६१, २०७४ र २०७८ मा गरी ५ पटक प्रधानमन्त्री भएका थिए । उनी २०४८ देखि २०७९ सम्मका सबै संसदीय/संविधानसभा निर्वाचनमा गृहजिल्ला डडेलधुराबाट निर्वाचित भएका थिए । देउवा–पत्नी आरजु राणा देउवा २०६४, २०७० र २०७९ मा कांग्रेसबाट समानुपातिक सांसद बनेकी थिइन् । गत भदौको जेन–जी आन्दोलन हुँदासम्म उनी परराष्ट्रमन्त्री थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

नराहामा कुपोषण विरुद्ध अभियान: १४७ बालबालिका कडा कुपोषित, २७ गम्भीर अवस्थामा

नराहामा कुपोषण विरुद्ध अभियान: १४७ बालबालिका कडा कुपोषित, २७ गम्भीर अवस्थामा

सिराहामा सडक निर्माणको तयारी पूरा, सांसद यादवको पहलमा योजना अगाडि

सिराहामा सडक निर्माणको तयारी पूरा, सांसद यादवको पहलमा योजना अगाडि सिराहा — पूर्वाधार विकास कार्यालय सिराहाबाट प्राप्त पत्रअनुसार स्वीकृत...

नराहामा कुपोषण विरुद्ध अभियान: १४७ बालबालिका कडा कुपोषित, २७ गम्भीर अवस्थामा

सिराहा, नराहा — राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र नराहा गाउँपालिकाको सहकार्यमा सञ्चालन भइरहेको पोषण परियोजनाले कुपोषण न्यूनीकरणतर्फ...

नराहा गाउँपालिकामा विश्व स्वास्थ्य दिवस मनाइयो

नराहा गाउँपालिकामा विश्व स्वास्थ्य दिवस मनाइयोसिराहा जिल्लाको नराहा गाउँपालिका मा राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र गाउँपालिकाको सहकार्यमा सञ्चालन भइरहेको...