नराहामा कुपोषण विरुद्ध अभियान: १४७ बालबालिका कडा कुपोषित, २७ गम्भीर अवस्थामा

Date:

Share post:

सिराहा, नराहा — राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र नराहा गाउँपालिकाको सहकार्यमा सञ्चालन भइरहेको पोषण परियोजनाले कुपोषण न्यूनीकरणतर्फ उल्लेखनीय काम गर्दै आएको छ। कृषि र पोषणलाई एकीकृत गर्दै सञ्चालन गरिएको परियोजनाले गाउँपालिकाभर विभिन्न कार्यक्रम अघि बढाइरहेको छ।

दुई महिना अघि गाउँपालिकाका पाँचवटै वडामा गरिएको मास स्क्रिनिङ अभियानअन्तर्गत १ हजारभन्दा बढी बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका क्रममा १४७ जना बालबालिका कडा कुपोषित र २७ जना शीघ्र कडा कुपोषण (Severe Acute Malnutrition) बाट प्रभावित रहेको पत्ता लागेको छ।

परियोजनामार्फत कडा कुपोषित र गर्भवती सुत्केरीमा रहेको काँडा र शीघ्र काडा कुपोषित आमाहरू लाई र बालबालिकालाई सुधारका लागि अण्डा, सुपर सिरियल, आयोडिन नुन, साबुन, मुग दाल, नेल कटर र ब्रस लगायतका सामग्री वितरण गरिएको छ।

त्यस्तै, गम्भीर अवस्थाका बालबालिकालाई बल्काबा र पानबारी स्वास्थ्य चौकीमा रहेको OTC (Outpatient Therapeutic Care) केन्द्रमा भर्ना गरी RUTF (Ready-to-Use Therapeutic Food) खुवाइँदै आएको छ।

गाउँपालिकाको स्वास्थ्य शाखा तथा स्वास्थ्य चौकीहरूले कुपोषित बालबालिकाको नियमित अनुगमन र उपचारमा सक्रियता देखाएका छन्। बर्छावा स्वास्थ्य चौकीका प्रमुख महेश रजकले कुपोषण नियन्त्रणका लागि फिल्डमै पुगेर निरन्तर फलोअप गरिरहेको बताए। “हामी विगत १० वर्षदेखि यहाँ सेवा दिँदै आएका छौं, बालबालिकाको स्वास्थ्य सुधारका लागि प्रत्यक्ष रुपमा काम गरिरहेका छौं,” उनले भने।

यद्यपि, सबै प्रयासका बाबजुद केही परिवारमा देखिएको आर्थिक अभाव, सचेतनाको कमी र सामाजिक व्यवहारका कारण चुनौती कायमै रहेको छ। साविक वडा नं. ६ मा भेटिएका रोनी सदाय नामक बालकको अवस्था यसको उदाहरण बनेको छ। अभिभावकको कमजोर आर्थिक अवस्था र मदिरा सेवनको बानीका कारण बालकको उपचार तथा पोषणमा लापरबाही भएको स्थानीय र स्वास्थ्यकर्मीले बताएका छन्।

स्वास्थ्यकर्मीका अनुसार समयमै उपचार नपाए बालकको अवस्था थप जटिल बन्न सक्ने जोखिम छ। स्थानीय समाजसेवीहरूले सहयोग गरे पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको गुनासो गरिएको छ।

पोषण परियोजनाले कुपोषण नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको भए पनि जोखिममा रहेका परिवारमा थप निगरानी, सचेतना र सहयोग आवश्यक देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

बाल सुधारगृह कि यातनागृह ?

spot_img

Related articles

बाल सुधारगृह कि यातनागृह ?

बाँकेको नौबस्तास्थित जयेन्दु बाल सुधारगृहमा गत २४ भदौको राति बाल बिज्याइँकर्ता भाग्न खोज्दा प्रहरीले गोली चलाएको थियो, त्यस...

नराहामा कुपोषण विरुद्ध अभियान: १४७ बालबालिका कडा कुपोषित, २७ गम्भीर अवस्थामा

नराहामा कुपोषण विरुद्ध अभियान: १४७ बालबालिका कडा कुपोषित, २७ गम्भीर अवस्थामा

सिराहामा सडक निर्माणको तयारी पूरा, सांसद यादवको पहलमा योजना अगाडि

सिराहामा सडक निर्माणको तयारी पूरा, सांसद यादवको पहलमा योजना अगाडि सिराहा — पूर्वाधार विकास कार्यालय सिराहाबाट प्राप्त पत्रअनुसार स्वीकृत...

नराहा गाउँपालिकामा विश्व स्वास्थ्य दिवस मनाइयो

नराहा गाउँपालिकामा विश्व स्वास्थ्य दिवस मनाइयोसिराहा जिल्लाको नराहा गाउँपालिका मा राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र गाउँपालिकाको सहकार्यमा सञ्चालन भइरहेको...