नराहा गाउँपालिकामा विश्व स्वास्थ्य दिवस मनाइयो

Date:

Share post:

नराहा गाउँपालिकामा विश्व स्वास्थ्य दिवस मनाइयो
सिराहा जिल्लाको नराहा गाउँपालिका मा राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र गाउँपालिकाको सहकार्यमा सञ्चालन भइरहेको पोषण परियोजनाअन्तर्गत विश्व स्वास्थ्य दिवस मनाइएको छ।
उक्त कार्यक्रम वडा नं. २ पानबारीस्थित वडा कार्यालयको प्राङ्गणमा आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष श्री सम्झना सिंह ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा स्वास्थ्य चौकी पानबारीका प्रमुख विनोद शाह लगायत अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन तथा प्रस्तुतीकरण स्वास्थ्य चौकी पानबारीका कर्मचारी रतन झा ले गर्नुभएको थियो। कार्यक्रममा स्वास्थ्यसम्बन्धी विभिन्न महत्वपूर्ण विषयहरूमा छलफल गरिएको थियो।
विशेषगरी “सुनौलो हजार दिन” को महत्त्व, बालबालिकाको वृद्धि अनुगमन, कुपोषणको अवस्था, सरसफाइ तथा पोषणयुक्त खानपानका विषयमा विस्तृत जानकारी दिइएको थियो। सहभागीहरूलाई स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले भिडियो प्रदर्शनसमेत गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रमले समुदायमा स्वास्थ्य सुधार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

बाल सुधारगृह कि यातनागृह ?

spot_img

Related articles

बाल सुधारगृह कि यातनागृह ?

बाँकेको नौबस्तास्थित जयेन्दु बाल सुधारगृहमा गत २४ भदौको राति बाल बिज्याइँकर्ता भाग्न खोज्दा प्रहरीले गोली चलाएको थियो, त्यस...

नराहामा कुपोषण विरुद्ध अभियान: १४७ बालबालिका कडा कुपोषित, २७ गम्भीर अवस्थामा

नराहामा कुपोषण विरुद्ध अभियान: १४७ बालबालिका कडा कुपोषित, २७ गम्भीर अवस्थामा

सिराहामा सडक निर्माणको तयारी पूरा, सांसद यादवको पहलमा योजना अगाडि

सिराहामा सडक निर्माणको तयारी पूरा, सांसद यादवको पहलमा योजना अगाडि सिराहा — पूर्वाधार विकास कार्यालय सिराहाबाट प्राप्त पत्रअनुसार स्वीकृत...

नराहामा कुपोषण विरुद्ध अभियान: १४७ बालबालिका कडा कुपोषित, २७ गम्भीर अवस्थामा

सिराहा, नराहा — राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र नराहा गाउँपालिकाको सहकार्यमा सञ्चालन भइरहेको पोषण परियोजनाले कुपोषण न्यूनीकरणतर्फ...