खोप लगाउन अस्वीकार गर्ने अभिभावकलाई सम्झाउन बहुपक्षीय प्रयास

Date:

Share post:

खोप लगाउन अस्वीकार गर्ने अभिभावकलाई सम्झाउन बहुपक्षीय प्रयास

सिरहा, नराहा गाउँपालिका–२ पानबारी

सिरहा जिल्लाको नराहा गाउँपालिका–२ पानबारीस्थित दलित बस्तीमा एक अभिभावकले आफ्ना बच्चालाई नियमित खोप लगाउन अस्वीकार गर्दै आएको घटनाले स्थानीय तहदेखि अन्तर्राष्ट्रिय निकायसम्मको ध्यान आकर्षित गरेको छ।

स्थानीय स्वास्थ्य केन्द्रका कर्मचारीहरूले लामो समयदेखि पटक–पटक प्रयास गर्दा पनि अभिभावकलाई खोप लगाउन सहमत गराउन सकेनन्। त्यसपछि गाउँपालिकासँग समन्वय गरी गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, कर्मचारी तथा स्थानीय बुद्धिजीवीहरूको टोलीले अभिभावकको घरमै पुगेर काउन्सेलिङ गरे पनि प्रयास सफल हुन सकेन।

यसपछि उक्त विषयमा जनस्वास्थ्य कार्यालय सिरहालाई जानकारी गराइएको थियो। जनस्वास्थ्यका कर्मचारीहरू समेत खटिएर अभिभावकलाई सम्झाउने प्रयास गरे, तर अभिभावकले खोपप्रति अविश्वास जनाउँदै स्वास्थ्यकर्मीहरूको तर्कलाई अस्वीकार गर्दै आएका थिए।

घटनालाई गम्भीर रूपमा लिँदै जनकपुरस्थित विश्व स्वास्थ्य संगठन (WHO) का कर्मचारीहरू समेत उक्त स्थानमा पुगे। तर अभिभावकले आफूलाई खोजी भइरहेको जानकारी पाएपछि माइतीतर्फ गएका थिए। त्यसपछि टोलीले खोजी गर्दै माइती घरसम्म पुग्दा पनि अभिभावक घरमा नभेटिएपछि अन्ततः नदीको बगरमा फेला पारेर काउन्सेलिङ गरिएको थियो।

अभिभावकका अनुसार उनीहरू धार्मिक विश्वासका आधारमा “गोसाईंले सुई नलिन भनेको” भन्दै खोप लगाउन अस्वीकार गर्दै आएका छन्। साथै, विगतमा घरमै एक बच्चाको जन्मपछि स्थानीय एक प्राक्टिसनरले सुई लगाउँदा मृत्यु भएको घटनाले उनीहरूमा गहिरो डर र अविश्वास उत्पन्न भएको जनाइएको छ।

यस घटनाले ग्रामीण क्षेत्रमा अझै पनि अन्धविश्वास र नकारात्मक अनुभवका कारण खोपप्रति अविश्वास रहेको देखाएको छ। स्वास्थ्यकर्मीहरूका अनुसार यस्ता घटनाहरूमा निरन्तर काउन्सेलिङ, विश्वास निर्माण र समुदायस्तरमा सचेतना अभिवृद्धि आवश्यक रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

बाल सुधारगृह कि यातनागृह ?

spot_img

Related articles

बाल सुधारगृह कि यातनागृह ?

बाँकेको नौबस्तास्थित जयेन्दु बाल सुधारगृहमा गत २४ भदौको राति बाल बिज्याइँकर्ता भाग्न खोज्दा प्रहरीले गोली चलाएको थियो, त्यस...

नराहामा कुपोषण विरुद्ध अभियान: १४७ बालबालिका कडा कुपोषित, २७ गम्भीर अवस्थामा

नराहामा कुपोषण विरुद्ध अभियान: १४७ बालबालिका कडा कुपोषित, २७ गम्भीर अवस्थामा

सिराहामा सडक निर्माणको तयारी पूरा, सांसद यादवको पहलमा योजना अगाडि

सिराहामा सडक निर्माणको तयारी पूरा, सांसद यादवको पहलमा योजना अगाडि सिराहा — पूर्वाधार विकास कार्यालय सिराहाबाट प्राप्त पत्रअनुसार स्वीकृत...

नराहामा कुपोषण विरुद्ध अभियान: १४७ बालबालिका कडा कुपोषित, २७ गम्भीर अवस्थामा

सिराहा, नराहा — राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र नराहा गाउँपालिकाको सहकार्यमा सञ्चालन भइरहेको पोषण परियोजनाले कुपोषण न्यूनीकरणतर्फ...