तामाकोसीमा अब जेटबोट र र्‍याफ्टिङको सुविधा

Date:

Share post:

तामाकोसीमा अब जेटबोट र र्‍याफ्टिङको सुविधा

तामाकोसीमा एक वर्षदेखि परीक्षणका रूपमा जेटबोट सञ्चालन हुँदै आएको थियो । नयाँ वर्ष २०८३ को सुरुवातसँगै र्‍याफ्टिङ सेवा पनि थपिएको हो ।

वैशाख ४, २०८३

चतुरानन्द यादब

Jetboat and rafting facilities now available in Tamakoshi

Read In English

रामेछाप — जिल्ला सदरमुकाम मन्थली भएर बग्ने तामाकोसी नदीमा अब पर्यटकहरूले जेटबोट र र्‍याफ्टिङको पनि मजा लिन सक्ने भएका छन् । तामाकोसीमा एक वर्षदेखि परीक्षणका रूपमा जेटबोट सञ्चालन हुँदै आएको थियो । नयाँ वर्ष २०८३ को सुरुवातसँगै र्‍याफ्टिङ सेवा पनि थपिएको हो । तामाकोसी मरिण एड्भेञ्चर प्रालिले सञ्चालन गरिरहेको यी सेवामार्फत जलयात्रालाई अझ व्यवस्थित र विविध बनाउने प्रयास गरिएको छ । 

परीक्षणकालमा सफलतापूर्वक जेटबोट सञ्चालन भएपछि व्यवसायिक रुपमा सञ्चालन गर्न थालेको कम्पनीले जनाएको छ । अत्यधिक गर्मी हुने मन्थलीमा जेटबोट र र्‍याफ्टिङले स्थानीयवासी तथा आन्तरिक पर्यटकका लागि उत्कृष्ट मनोरञ्जनको विकल्प प्रदान गरेको रामेछाप नगरपालिका–८ का लेखबहादुर विक बताउँछन् । विक भन्छन्, ‘मन्थली निकै गर्मी हुने ठाउँ हो, साथै यहाँ घुम्ने खासै ठाउँ पनि छैन । तामाकोसीमा जेटबोट र र्‍याफ्टिङको मजा लिन पाउँदा खुसी लागेको छ ।’ उनका अनुसार यस्ता गतिविधिलाई दिगो रूपमा सञ्चालन गर्न सके मन्थलीमा आन्तरिक तथा वाह्‌य पर्यटकको आगमन बढ्न सक्नेछ । यसले स्थानीय अर्थतन्त्र चलायमान बनाउनुका साथै नयाँ रोजगारीका अवसर समेत सिर्जना गर्ने विश्वास गरिएको छ ।

ads/ekantipur-6800x1100px-0442026081853.jpg

कम्पनीका सञ्चालक सागरहरि अधिकारीका अनुसार हाल जेटबोट सेवा मन्थलीको करमबोटदेखि मन्थली घाटसम्म सञ्चालन भइरहेको छ । उनले भने, ‘नयाँ वर्षसँगै र्‍याफ्टिङ सेवा पनि थपेका छौँ । अहिले दुवै सेवामा आकर्षण देखिएको छ, दैनिक ४० जनासम्मले जेटबोट र र्‍याफ्टिङ अनुभव लिइरहेका छन् ।’

उनका अनुसार आगामी दिनमा यो सेवा विस्तार गर्दै करमबोटदेखि खुर्कोटसम्म सञ्चालन गर्ने योजना रहेको छ । त्यसका लागि नदीका केही जोखिमपूर्ण स्थानलाई सुरक्षित र व्यवस्थित बनाउने काम आवश्यक रहेकाले स्थानीय तह र पानीजहाज कार्यालयसँग समन्वय र सहकार्य भइरहेको उनले जानकारी दिए ।

अधिकारीका अनुसार जेट चढेको दुरीका हिसाबले शुल्क निर्धारण गरिएको छ । २ किलोमिटरका लागि ३५० रुपैयाँ, ४ किलोमिटरका लागि ५०० रुपैयाँ र ६ किलोमिटरका लागि १००० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

र्‍याफ्टिङ सेवामा भने करिब आधा दिनसम्म चलेमा २५०० रुपैयाँ तोकिएको छ । छोटो दूरीअन्तर्गत हलेदेबाट मन्थलीसम्म र्‍याफ्टिङ चढेमा १५०० रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

बाल सुधारगृह कि यातनागृह ?

spot_img

Related articles

बाल सुधारगृह कि यातनागृह ?

बाँकेको नौबस्तास्थित जयेन्दु बाल सुधारगृहमा गत २४ भदौको राति बाल बिज्याइँकर्ता भाग्न खोज्दा प्रहरीले गोली चलाएको थियो, त्यस...

नराहामा कुपोषण विरुद्ध अभियान: १४७ बालबालिका कडा कुपोषित, २७ गम्भीर अवस्थामा

नराहामा कुपोषण विरुद्ध अभियान: १४७ बालबालिका कडा कुपोषित, २७ गम्भीर अवस्थामा

सिराहामा सडक निर्माणको तयारी पूरा, सांसद यादवको पहलमा योजना अगाडि

सिराहामा सडक निर्माणको तयारी पूरा, सांसद यादवको पहलमा योजना अगाडि सिराहा — पूर्वाधार विकास कार्यालय सिराहाबाट प्राप्त पत्रअनुसार स्वीकृत...

नराहामा कुपोषण विरुद्ध अभियान: १४७ बालबालिका कडा कुपोषित, २७ गम्भीर अवस्थामा

सिराहा, नराहा — राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र नराहा गाउँपालिकाको सहकार्यमा सञ्चालन भइरहेको पोषण परियोजनाले कुपोषण न्यूनीकरणतर्फ...