धरौटीमा रिहा भए जेन जी आन्दोलनका आरोपित युवा रामसुरेश

Date:

Share post:

सिरहा — जेन जी आन्दोलनसँग सम्बन्धित मुद्दामा पक्राउ परेका युवा राम सुरेश यादव अदालतको आदेशपछि धरौटीमा रिहा भएका छन्। अदालतले करिब ६ लाख ७० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। यसअघि, नवराजपुर गाउँपालिकाका अध्यक्ष शिव उदगार यादव र वडा नं. ३ का वडाध्यक्ष बन्सिलाल यादवको जाहेरीका आधारमा ती युवामाथि अपराधिक उपद्रव सम्बन्धी मुद्दा दर्ता गरिएको थियो। सो मुद्दालाई लिएर सुरुबाटै राजनीतिक पूर्वाग्रह र पहुँचका आधारमा कारबाही गरिएको आरोप लाग्दै आएको थियो। यस घटनासँगै जेन जी आन्दोलनका क्रममा उठेका प्रश्नहरू—निहत्था विद्यार्थीमाथि गोली प्रहारको आरोप, कार्की आयोगको प्रतिवेदन सार्वजनिक नभएको विषय, र सीमित व्यक्तिलाई मात्र लक्षित गरिएको कारबाही—अझै समाधान हुन बाँकी रहेका छन्। स्थानिय युवा अभियन्ता तथा अगुवा विवेक यादवका अनुसार गाउँपालिकाको कालो कर्तुत र भ्रष्ट प्रवृत्ति बिरुद्द निरन्तर खबरदारी गरेकै आधारमा झुठा मुदा दर्ता गरिएको बताउनु भयो। जसको ठोस प्रमाण निरन्तर रुपमा २ दिन देखि पालिका अध्यक्ष लगायतका टोली अदालत धाउनु हो। तर पनि उनीहरूको केही चलेन। सत्य सत्य नै हुन्छ , वहाले भन्नु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

तामाकोसीमा अब जेटबोट र र्‍याफ्टिङको सुविधा

तामाकोसीमा अब जेटबोट र र्‍याफ्टिङको सुविधा तामाकोसीमा एक वर्षदेखि परीक्षणका रूपमा जेटबोट सञ्चालन हुँदै आएको थियो । नयाँ वर्ष २०८३...

बाल सुधारगृह कि यातनागृह ?

बाँकेको नौबस्तास्थित जयेन्दु बाल सुधारगृहमा गत २४ भदौको राति बाल बिज्याइँकर्ता भाग्न खोज्दा प्रहरीले गोली चलाएको थियो, त्यस...

नराहामा कुपोषण विरुद्ध अभियान: १४७ बालबालिका कडा कुपोषित, २७ गम्भीर अवस्थामा

नराहामा कुपोषण विरुद्ध अभियान: १४७ बालबालिका कडा कुपोषित, २७ गम्भीर अवस्थामा

सिराहामा सडक निर्माणको तयारी पूरा, सांसद यादवको पहलमा योजना अगाडि

सिराहामा सडक निर्माणको तयारी पूरा, सांसद यादवको पहलमा योजना अगाडि सिराहा — पूर्वाधार विकास कार्यालय सिराहाबाट प्राप्त पत्रअनुसार स्वीकृत...