पूर्व भौतिक पूर्वाधार धार तथा यातायातमन्त्री रघुवीर महासेठले जनकपुरमा ट्राफिक व्यवस्थापनको लागि २० लाख रुपैयाँ बजेट ल्याएको दाबी गरेका छन् । उनले आफू मन्त्री हुँदा पहलकदमी गरी रामानन्दचोक र मुजेलियाको लागि बजेट ल्याउँदा अहिले काम भईरहेको बताएका छन् । महासेठले आफू मन्त्री रहँदा जनकपुरको पूर्वाधार विकासका लागि ल्याइएको बजेट अनुसार अहिले काम अघि बढिरहेको दाबी गरेका छन् । उनका अनुसार रामानन्द चोक क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन विशेष बजेट विनियोजन गरिएको थियो, जसअनुसार अहिले सो क्षेत्रमा आवश्यक संरचना निर्माण तथा व्यवस्थापनको काम भइरहेको छ। उनले उक्त योजना जनकपुरधामको बढ्दो सवारी चाप र दुर्घटना न्यूनिकरणलाई ध्यानमा राख्दै तयार गरिएको उल्लेख गरे।सडक डिविजन कार्यालयको सहयोगमा रामानन्दचोक र मुजेलिया बाबा पेट्रोल पम्पस्थित सडक डिभाईडर, डिभाईडर बत्ति, जेब्रा क्रसिँग, सार्वजनिक यातायात पिक एण्ड ड्रप प्वान्ट निर्माण जस्ता कार्यहरु भईरहेको छ । महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा जनकपुरमा ट्राफिक व्यवस्थापनको लागि बजेट ल्याएको बताइएको छ । त्यसैगरी, जनकपुरको ६ लेन सडकमा आधुनिक लाइटिङ व्यवस्था जडानका लागि समेत आफूले बजेट सुनिश्चित गरेको महासेठले बताए। हाल सो योजना अन्तर्गत सडक बत्ती जडान तथा अन्य प्राविधिक कार्यहरू अगाडि बढिरहेको उनको भनाइ छ। उनले ६ लेनमा सडक बत्ति (स्ट्रीट लाईट) को योजना अनुसार धेरै ठाउँमा कार्यन्वन भईसकेको बताउँदै अझै जारी रहेको थपे । महासेठले पूर्वाधार विकासका यी योजनाहरूले जनकपुरधामको सौन्दर्य वृद्धि गर्नुका साथै ट्राफिक व्यवस्थापनलाई सहज बनाउने विश्वास व्यक्त गरे। साथै, उनले विगतमा ल्याइएका योजनाहरूलाई निरन्तरता दिँदै समयमै कार्यान्वयन गर्नु आवश्यक रहेको पनि जोड दिए।सडक डिविजन जनकपुरका प्रमुख दरोगा प्रसादले रामानन्दचोक र मुजेलियास्थित डिभाईडर, जेब्रा क्रसिँग लगायतका ट्राफिक व्यवस्थापनका लागि २० लाख रुपैयाँ बजेट विनियोजन भएको बताए । सडक डिविजनको बजेटमा ट्राफिक प्रहरी कार्यालय धनुषाले सो कार्यलाई तीव्रता दिएका छन् ।
जनकपुरको रामानन्दचोक र मुजेलियामा ट्राफिक व्यवस्थापनका लागि बजेट ल्याएको थिएः रघुवीर महासेठ
Date:
Share post:

