जनमत पार्टी को प्रत्यासि उमेदवार पक्राउ

Date:

Share post:

जेन जी आन्दोलनको बहानामा युवामाथि मुद्दा : राजनीतिक पूर्वाग्रहको आरोप
सिरहा — जेन जी आन्दोलनको नाममा राजनीतिक पूर्वाग्रह राख्दै नवराजपुर गाउँपालिकाका अध्यक्ष तथा वडा नं. ३ का वडाध्यक्ष बन्सिलाल यादवको जाहेरीका आधारमा केही युवामाथि अपराधिक उपद्रव सम्बन्धी मुद्दा दर्ता गरिएको भन्दै व्यापक आलोचना सुरु भएको छ।
स्थानीय स्रोतका अनुसार, आन्दोलनमा सहभागी भएका होनहार युवाहरूलाई लक्षित गरी प्रहरीले पक्राउ गरेको घटनालाई अन्यायपूर्ण र पहुँचका आधारमा गरिएको कारबाहीका रूपमा हेरिएको छ। आन्दोलनका क्रममा ७६ जना निहत्था विद्यार्थीमाथि गोली चलाइएको आरोपितहरूलाई संरक्षण दिइँदै आएको तर अर्कोतर्फ निर्दोष युवाहरूलाई पक्राउ गरिएको भन्दै प्रश्न उठाइएको छ।
यसैबीच, तीन महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मा पाएको कार्की आयोगले छ महिनासम्म पनि प्रतिवेदन सार्वजनिक गर्न नसकेको र बुझाएको भनिएको प्रतिवेदन पनि सार्वजनिक नगरिएकोप्रति असन्तुष्टि व्यक्त गरिएको छ। राज्यका प्रमुख निकायहरू—सिंहदरबार, संसद भवन, शीतल निवास र सर्वोच्च अदालतमा आगजनी गर्ने तथा उक्साउनेहरू राजनीतिक संरक्षण पाउँदै सांसद बन्ने तर राज्यमाथि प्रश्न उठाउने युवामाथि मुद्दा चलाइनु दोहोरो मापदण्ड भएको आरोप लगाइएको छ।
स्थानीय तहको भ्रष्टाचार, व्यथिति र अपारदर्शिताविरुद्ध आवाज उठाउँदै आएका ती युवाहरूलाई समाजका पहरेदारको रूपमा लिइँदै आएको छ। जेन जी आन्दोलनका क्रममा उनीहरूको आगजनी वा तोडफोडमा संलग्नता प्रमाणित हुने कुनै ठोस आधार नदेखिएको दाबी गर्दै राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दर्ता गरिएको भन्दै विरोध जनाइएको छ।
त्यस्तै, आन्दोलनको राजनीतिक लाभ उठाएर ठूलो जनादेश प्राप्त गरेका दल तथा नेताहरू—रास्वपा, बालेन शाह तथा नव निर्वाचित सांसदहरू—यस विषयमा मौन रहेकोप्रति पनि आलोचना भएको छ।
हजारौँको भीड रहेको आन्दोलनको भिडियो फुटेज सामाजिक सञ्जालमा व्यापक रूपमा सार्वजनिक भइरहेका बेला सीमित ६ जनामाथि मात्रै मुद्दा दर्ता गरिनु नियोजित जस्तो देखिएको भन्दै निष्पक्ष छानबिनको माग गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

नराहामा कुपोषण विरुद्ध अभियान: १४७ बालबालिका कडा कुपोषित, २७ गम्भीर अवस्थामा

नराहामा कुपोषण विरुद्ध अभियान: १४७ बालबालिका कडा कुपोषित, २७ गम्भीर अवस्थामा

सिराहामा सडक निर्माणको तयारी पूरा, सांसद यादवको पहलमा योजना अगाडि

सिराहामा सडक निर्माणको तयारी पूरा, सांसद यादवको पहलमा योजना अगाडि सिराहा — पूर्वाधार विकास कार्यालय सिराहाबाट प्राप्त पत्रअनुसार स्वीकृत...

नराहामा कुपोषण विरुद्ध अभियान: १४७ बालबालिका कडा कुपोषित, २७ गम्भीर अवस्थामा

सिराहा, नराहा — राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र नराहा गाउँपालिकाको सहकार्यमा सञ्चालन भइरहेको पोषण परियोजनाले कुपोषण न्यूनीकरणतर्फ...

नराहा गाउँपालिकामा विश्व स्वास्थ्य दिवस मनाइयो

नराहा गाउँपालिकामा विश्व स्वास्थ्य दिवस मनाइयोसिराहा जिल्लाको नराहा गाउँपालिका मा राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र गाउँपालिकाको सहकार्यमा सञ्चालन भइरहेको...