तत्कालीन माले र मार्क्सवादीसँग एकीकरण गरी २०४७ सालमा नेकपा एमाले बनेको हो । यद्यपि यो पार्टीले १० वैशाख २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको लिगेसी बोकेको दाबी गर्ने गरेको छ । 

Date:

Share post:

तत्कालीन माले र मार्क्सवादीसँग एकीकरण गरी २०४७ सालमा नेकपा एमाले बनेको हो । यद्यपि यो पार्टीले १० वैशाख २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको लिगेसी बोकेको दाबी गर्ने गरेको छ । 

हाल झन्डै साढे लाख सक्रिय सदस्य रहेको नेकपा (एमाले)बाट हालसम्म पाँच नेता प्रधानमन्त्री भैसकेका छन् । यो पार्टीको अध्यक्ष हाल केपी शर्मा ओली रहेका छन् । 

यो पार्टीबाट २०५१ मा मनमोहन अधिकारी, २०६७ मा माधव नेपालपछि झलनाथ खनाल र २०७२ पछि केपी शर्मा ओलीगरी हालसम्म चारजना मन्त्री भैसकेका छन् । अधिकारी, नेपाल र खनाल एक/एक पटक प्रधानमन्त्री बन्दा ओली भने चौथो पटक प्रधानमन्त्री बनिसकेका छन् । तत्कालीन एमाले अध्यक्ष अधिकारी प्रधानमन्त्री भएकै बेला बृद्धभत्ता दिन सुरु गरेपछि एमालेलाई धेरैले रुचाएका थिए । 

मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको एमालेले साम्यवादलाई दीर्घकालीन लक्ष्य मानेपनि नेपालमा भएका लगभग सबै चुनावमा भाग लिँदै आएको छ । 

२०४७ सालपछि एमालेका रूपमा चिनिन थालेको यो पार्टीले २०१५ सालमा भएको पहिलो संसदीय चुनावमा चार सिट जितेको थियो, जतिवेला नेपालमा एउटै कम्युनिस्ट पार्टी थियो ।

तर त्यसपछि कम्युनिस्ट शक्ति छिन्नभिन्न भए । झापा विद्रोह, कोके हुँदै विभिन्न घटकहरूबिच एकता गरेर २०३५ सालमा नेकपा माले बन्यो । यही मालेले तत्कालीन मार्क्सवादीसँग एकता गरेर एमाले बन्यो ।

एमाले महासचिवको हैसियतमा मदन भण्डारीले पार्टीको सिद्धान्तमा जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त प्रतिपादन गरे । पछिल्लो समय त्यही जबजलाई पार्टी सिद्धान्त मानेको एमालेले २०४८ साल यता लगातार चुनावमा भाग लिँदै आएको छ । २०४८ सालमा प्रमुख प्रतिपक्ष बनेको एमालेले २०५१ सालमा सबैभन्दा ठुलो दल बनेर सरकारको नेतृत्व गर्‍यो । मनमोहन अधिकारी पहिलो कम्युनिस्ट प्रधानमन्त्री भए ।

२०५६ सालको निर्वाचनमा दोस्रो शक्ति बनेको एमाले २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा तेस्रो शक्ति बन्न पुग्यो । २०७० सालमा फेरि दोस्रो शक्तिका रूपमा उदाएको एमाले २०७४ सालमा एमाले फेरि पहिलो दल बन्यो । चुनाव लगत्तै अर्को कम्युनिस्ट पार्टी माओवादीसँग एकता गर्दै नेकपा बन्यो । तर एकता टिक्न नसक्दा २०७७ सालमा नेकपा विघटन भयो । त्यसपछि एमाले र माओवादीकै रूपमा अघि बढे । 

२ भदौ २०७८ मा एमाले नेता माधव नेपाल र झलनाथ खनालले एमाले विभाजन गर्दै नेकपा एकीकृत समाजवादी गठन गरे । पार्टी विभाजनलगत्तै ०७९ सालको चुनावमा एमाले दोस्रो शक्ति बन्न पुग्यो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

तामाकोसीमा अब जेटबोट र र्‍याफ्टिङको सुविधा

तामाकोसीमा अब जेटबोट र र्‍याफ्टिङको सुविधा तामाकोसीमा एक वर्षदेखि परीक्षणका रूपमा जेटबोट सञ्चालन हुँदै आएको थियो । नयाँ वर्ष २०८३...

बाल सुधारगृह कि यातनागृह ?

बाँकेको नौबस्तास्थित जयेन्दु बाल सुधारगृहमा गत २४ भदौको राति बाल बिज्याइँकर्ता भाग्न खोज्दा प्रहरीले गोली चलाएको थियो, त्यस...

नराहामा कुपोषण विरुद्ध अभियान: १४७ बालबालिका कडा कुपोषित, २७ गम्भीर अवस्थामा

नराहामा कुपोषण विरुद्ध अभियान: १४७ बालबालिका कडा कुपोषित, २७ गम्भीर अवस्थामा

सिराहामा सडक निर्माणको तयारी पूरा, सांसद यादवको पहलमा योजना अगाडि

सिराहामा सडक निर्माणको तयारी पूरा, सांसद यादवको पहलमा योजना अगाडि सिराहा — पूर्वाधार विकास कार्यालय सिराहाबाट प्राप्त पत्रअनुसार स्वीकृत...